भाषा छनौट गर्नुहोस्

यो वेबसाइटलाई तपाईंले रोज्नुभएको भाषामा देख्न सक्नुहुन्छ।

quote-1

संसाधनहरूर डाउनलोडहरू

quote-2

संसाधनहरू र डाउनलोडहरू


Resource todo

चिकित्सकीय दोभाषेहरू सँग काम गर्दा: स्वास्थ्य सेवा प्रदायकहरूका लागि निर्देशिका

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रभावकारी सञ्चार आधारभूत कुरा हो। अंग्रेजीमा सीमित दक्षता भएका वा बहिरा बिरामीहरूका लागि, चिकित्सकहरू र बिरामीहरू बीच शुद्ध, सम्मानजनक र सुरक्षित संवाद सुनिश्चित गर्न व्यावसायिक दोभाषेहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्।

Resource todo

गुणस्तर सुनिश्चितता: लिखित अनुवाद (ट्रान्सलेशन) हरूको समीक्षा र प्रमाणीकरण कसरी गर्ने

जब तपाईं आफूले नबोल्ने भाषाहरूमा गरिएका अनुवादहरूको समीक्षा गर्ने जिम्मेवारी लिनुहुन्छ, यो असम्भव लाग्न सक्छ। सौभाग्यवश, तपाईंको अनुवादित सामग्री सही, व्यावसायिक र उद्देश्यअनुरुप छ भनी सुनिश्चित गर्न तपाईंले चाल्न सक्ने व्यावहारिक गुणस्तर सुनिश्चितताका चरणहरू छन्।

Resource todo

अनुवादक र दोभाषे: मलाई कस्को सेवा चाहिन्छ?

यदि तपाईंलाई कुनै अर्को भाषामा कुराकानी गर्न मद्दत चाहिन्छ भने, तपाईंले अनुवादक वा दोभाषेसँग सहकार्य गर्नुपर्ने हुन सक्छ। यद्यपि दुवैले भाषा सम्बन्धी कार्य गरे पनि, उनीहरूले फरक-फरक कार्य गर्छन्।

Resource todo

व्यक्ति वा भाषा सेवा प्रदायक कुन रोज्ने

जब तपाईंलाई अनुवाद वा दोभाषे सेवाहरू चाहिन्छ, तब तपाईं एक व्यक्तिगत अनुवादक वा दोभाषे र भाषा सेवा प्रदायक (LSP) बीच रोज्न सक्नुहुन्छ।

Resource todo

प्रमाणित दोभाषे वा अनुवादकहरू उपलब्ध नभएमा के गर्ने?

अष्ट्रेलियामा केही भाषाहरूमा NAATI-प्रमाणित दोभाषे वा अनुवादकहरू धेरै कम मात्रमा उपलब्ध छन् वा उपलब्ध छैनन्। यदि तपाईंलाई यस्तो परिस्थितिहरूमा भाषा सेवाहरू चाहिएमा, यो पृष्ठले केही विकल्पहरू प्रदान गर्दछ।

Resource todo

द्विभाषी व्यक्ति र दोभाषे: के फरक छ?

सबै दोभाषेहरू द्विभाषी हुन्छन्, तर सबै द्विभाषी व्यक्तिहरू दोभाषे हुन सक्दैनन्।

7-12 of 13 results

बारम्बार सोधिने प्रश्नहरू

यो तपाईंको आवश्यकतामा निर्भर गर्दछ। थप मार्गदर्शनको लागि हाम्रो लेख “व्यक्ति वा भाषा सेवा प्रदायक कुन रोज्ने” पढ्नुहोस्।

धेरै अनुवादक र दोभाषेहरू टाढाबाट (दूरस्थलबाट) काम गर्छन्, जसको अर्थ उनीहरूले तपाईंलाई टेलिफोन वा भिडियो कल मार्फत मद्दत गर्न सक्छन्। तपाईं जुनसुकै स्थानका अनुवादक वा दोभाषे खोज्न सक्नुहुन्छ।

केही अपोइन्टमेन्टहरूका लागि, तपाईंले दोभाषे आँफूसँगै व्यक्तिगत रूपमा होस् भन्ने चाहनुहुन्छ होला। तपाईंलाई आमनेसामने चाहिन्छ/चाहिदैन भन्ने कुरा तपाईंको परिस्थिति, सेवाको प्रकार र कार्य समयमा निर्भर गर्दछ। आफ्नो नजिक रहेका व्यक्तिहरू फेला पार्न स्थान अनुसार NAATI अनलाइन निर्देशिकामा पेशाकर्मीहरूलाई फिल्टर गर्न सक्नुहुन्छ।

यदि NAATI-प्रमाणित पेशाकर्मीहरू उपलब्ध नभएको खण्डमा, भाषा र परिस्थिति अनुसार अन्य विकल्पहरू उपलब्ध हुन सक्छन्।

व्यावहारिक मार्गदर्शन र अर्को चरणहरूका लागि “NAATI-प्रमाणित दोभाषे वा अनुवादकहरू उपलब्ध नभएको खण्डमा के गर्ने” भन्ने हाम्रो लेख पढ्नुहोस्।

Sort by

के यो पृष्ठ उपयोगी थियो?(भर्नुपर्ने)

तपाईंको प्रतिक्रियाले हामीलाई यो पृष्ठलाई सुधार गर्न मद्दत गर्दछ, NAATI ले हाम्रो वेबसाइट सुधार गर्न यो प्रतिक्रियाको प्रयोग गर्दछ।

यदि तपाईंलाई जवाफ चाहिन्छ भने, कृपया हाम्रो सम्पर्क फारम प्रयोग गर्नुहोस्।

This site is registered on wpml.org as a development site. Switch to a production site key to remove this banner.