भाषा छनौट गर्नुहोस्

यो वेबसाइटलाई तपाईंले रोज्नुभएको भाषामा देख्न सक्नुहुन्छ।

नैतिक संहिता को व्याख्या

वर्ग ग्राहक संसाधनहरू प्रकाशित 30 जनवरी 2026

यस पृष्ठमा


अनुवादक र दोभाषेको नैतिकता

NAATI द्वारा प्रमाणित अनुवादकहरू र दोभाषेहरू नैतिक संहिता र आचारसंहिताद्वारा बाँधिएका हुन्छन्। यसको अर्थ तपाईंले डाक्टर वा लेखापाललाई गर्नुहुने विश्वास जस्तै, कुनै पनि NAATI-प्रमाणित अनुवादक वा दोभाषेलाई पनि विश्वास गर्न सक्नुहुन्छ।

उनीहरूको देहाएका कर्तव्य हुन्छन्:

  • सटीक हुनु
  • निष्पक्ष र पूर्वाग्रहरहित हुनु
  • तपाईंको जानकारी गोप्य राख्नु
  • नियमित व्यावसायिक विकास (professional development) मार्फत आफ्नो सीप कायम राख्ने
  • तालिम वा प्रमाणीकरण मार्फत योग्यता पुगेको कामहरु मात्र गर्ने

नैतिक दुविधाहरू व्यावसायिक परिस्थितिहरूका समस्याहरू हुन् जहाँ कुनै स्पष्ट सही वा गलत समाधान हुँदैन। दोभाषेहरूको लागि, यहाँ केही नैतिक दुविधाहरू छन् जुन उनीहरूको काममा देखापर्न सक्छन्:

  • एक सेवाग्राहीले प्रहरीको अगाडि गाली गर्दा। दोभाषेको लागि प्रहरीलाई गाली गर्नु अनुपयुक्त लाग्न सक्छ वा गालीले सेवाग्राहीलाई समस्यामा पार्ने कुरा थाहा हुन सक्छ। यद्यपि, नैतिक संहिताले दोभाषेलाई सही र निष्पक्ष हुन मार्गदर्शन गर्दछ, र गाली सहित सबै कुराको मौखिक अनुवाद प्रहरीलाई र सेवाग्राही दुबैलाई गरिनेछ।
  • कसैले झूट बोलिरहेको छ/छैन भन्ने जस्ता राय दिन आग्रह गरिँदा। नैतिक संहिताले दोभाषेलाई निष्पक्ष हुन र आफ्नो भूमिकाको सीमा स्पष्ट पार्न मार्गदर्शन गर्दछ: उनीहरू आफ्नो लिखित वा मौखिक अनुवादको क्रममा वकालत, मार्गदर्शन वा सल्लाहमा संलग्न हुँदैनन्।
  • अघिल्लो बैठक वा भेटघाटमा उनीहरूको सेवाग्राहीले यही कुरा दोहोर्‍याएका थिए/थिएनन्भ नेर सोधिँदा। नैतिक संहिताले दोभाषेलाई जानकारी गोप्य राख्न निर्देशन दिन्छ। यदि डाक्टरले दोभाषेलाई बिरामीले अघिल्लो अपोइन्टमेन्टमा उही जानकारी दिएका थिए कि भनेर सोधे पनि, उनीहरूले यो जानकारी प्रदान गर्न सक्दैनन्।

अष्ट्रेलिया र न्यूजील्याण्डमा, चार सान्दर्भिक नैतिक संहिताहरू छन्: AUSIT, ASLITA, NZSTI र SLIANZ।

NAATI द्वारा प्रमाणित हुँदा सान्दर्भिक नैतिक संहिताको ज्ञान र बुझाइ प्रदर्शन गर्नु पर्ने कुरा समावेश छ। NAATI ले अनुवादक वा दोभाषेले नैतिक संहिता र सिद्धान्तहरू उनीहरूको काममा कसरी लागू हुन्छन् भन्ने कुरा बुझेको र नैतिक दुविधाहरूमा उनीहरूले कसरी प्रतिक्रिया दिनेछन् भन्ने कुरा जान्दछ भन्ने कुरा सुनिश्चित गर्दछ।

विभिन्न नैतिक संहिता र NAATI को नैतिक क्षमता परीक्षणको बारेमा यहाँ थप जानकारी लिनुहोस्।

नैतिक संहिता (Code of ethics) को उल्लङ्घन

कहिलेकाहीँ अनुवादक वा दोभाषेले सिद्धान्तहरू पालना नगरेका कारणले ग्राहक, उनीहरूको रोजगारदाता वा सहकर्मी व्यवसायीलाई क्षति वा हानि पुग्न गएको कुरा पत्ता लाग्छ। यसलाई सामान्यतया ‘उल्लंघन’ भनिन्छ।

NAATI, AUSIT, ASLITA, NZSTI र SLIANZ हरुले नैतिक संहिताको सम्भावित उल्लङ्घनलाई गम्भीरतापूर्वक लिन्छन्। NAATI ले NAATI लाई रिपोर्ट गरिएको कुनै पनि उल्लङ्घनको अनुसन्धान र प्रतिक्रिया कसरी दिने भन्ने बारे सल्लाहको लागि तपाईंले NAATI को उजुरी नीति पढ्न सक्नुहुन्छ। तपाईं अनुवादक वा दोभाषे, उनीहरूको रोजगारदाता, वा यदि उनीहरू सदस्य छन् भने उनीहरूको व्यावसायिक संघ (AUSIT, ASLITA, NZSTI वा SLIANZ) मा सिधै उजुरी दिन सक्नुहुन्छ।

के यो पृष्ठ उपयोगी थियो?(भर्नुपर्ने)

तपाईंको प्रतिक्रियाले हामीलाई यो पृष्ठलाई सुधार गर्न मद्दत गर्दछ, NAATI ले हाम्रो वेबसाइट सुधार गर्न यो प्रतिक्रियाको प्रयोग गर्दछ।

यदि तपाईंलाई जवाफ चाहिन्छ भने, कृपया हाम्रो सम्पर्क फारम प्रयोग गर्नुहोस्।

This site is registered on wpml.org as a development site. Switch to a production site key to remove this banner.