Select your language

This website will display in the language you choose.

द्विभाषी व्यक्ति (Bilingual person) र दोभाषे (Interpreter): के फरक छ?

Category Consumer resource Published 15 जनवरी 2026

सबै दोभाषेहरू द्विभाषी हुन्छन्, तर सबै द्विभाषी व्यक्तिहरू दोभाषे हुन सक्दैनन्।

  • दोभाषे भनेका द्विभाषी प्रशिक्षित पेशाकर्मी हुन् जोसँग द्विसांस्कृतिक सीपहरू हुन्छन् र नैतिक संहिताद्वारा बाँधिएका हुन्छन्। अष्ट्रेलियामा दोभाषेको रूपमा काम गर्ने सामुदायिक मापदण्ड NAATI द्वारा प्रमाणित हुनुपर्छ।
  • द्विभाषी व्यक्तिले दुई भाषा बोल्न सक्छन् तर दोभाषेको रूपमा तालिम प्राप्त हुदैनन् र नैतिक संहिताद्वारा बाँधिएका हुदैनन्।

दोभाषेहरूलाई के ले फरक देखाउँछ?

तालिम र प्रमाणीकरण (Training & Certification)

व्यावसायिक रूपमा काम गर्न आवश्यक पर्ने सीपहरू विकास गर्न दोभाषेहरूलाई औपचारिक तालिमको आवश्यकता पर्दछ। प्रमाणीकरण प्रदान गर्नु अघि NAATI ले उनीहरूको सीप र अनुभवको जाँच गर्छ, त्यसकारण तपाईं उनीहरूको क्षमताको मूल्याङ्कन गरिएको छ भनी विश्वस्त हुन सक्नुहुन्छ।

भाषा र अर्थ अनुवाद सम्बन्धी सीपहरू

NAATI ले दोभाषेहरू ठिक र व्यावसायिक छन् भनी सुनिश्चित गर्न विभिन्न सीपहरूको मूल्याङ्कन गर्दछ। यसमा भाषा क्षमता, स्मरणशक्ति, स्पष्टीकरण माग्ने आत्मविश्वास, एकअर्कामा कुराकानी जुध्दाको व्यवस्थापन, वक्ताहरूको लय र शैली मिलाउने क्षमता, आदि समावेश छन्। दोभाषेहरू मौखिक कुराको सांस्कृतिक अर्थ पहिचान गर्न र त्यसलाई अर्को भाषामा राम्रोसँग अर्थ लगाउन दक्ष हुन्छन्।

व्यावसायिक आचरण

दोभाषेहरूले नौ वटा मार्गदर्शनका सिद्धान्तहरू सहितको नैतिक संहिता (code of ethics) पालना गर्छन्। उदाहरणका लागि, दोभाषेहरू सही, निष्पक्ष र गोपनीय हुनुपर्छ। उनीहरूले सहमति बिना जानकारी साझा गर्दैनन् (कानुनी आवश्यकता पर्दा बाहेक)। उनीहरू आफ्नो काममा हुने नैतिक दुविधाहरू व्यवस्थापन गर्न पनि दक्ष हुन्छन्।

विशेष ज्ञान

धेरै दोभाषेहरूले कानुनी वा स्वास्थ्य सेवा जस्ता विशिष्ट क्षेत्रहरूमा ध्यान केन्द्रित गर्छन्। यसमा शब्दावली र परिस्थितिहरूको ज्ञान निर्माण हुँदै जाँदा सही रूपमा मौखिक अनुवाद गर्ने क्षमता बढाउँछ। NAATI ले स्वास्थ्य वा कानुनी परिवेशहरूमा उच्च विशेषज्ञता हासिल गरेका दोभाषेहरूका लागि केही भाषाहरूमा प्रमाणित विशेषज्ञ दोभाषेको प्रमाणपत्रहरू प्रदान गर्दछ।

दोभाषेको रूपमा संलग्न द्विभाषी व्यक्तिहरू

सीपको अभाव

एक द्विभाषी व्यक्ति दुई भाषाहरूमा पोख्त हुन सक्छन् तर उनीहरूमा दुई पक्ष बीच अर्थ लगाउने दक्षता हुँदैन। जटिल जानकारी अनुवाद गर्दा स्पष्टीकरण माग्ने वा टिपोट लिने अनुभव नहुँदा उनीहरूमा आत्मविश्वासको कमी हुन सक्छ, जुन एक महत्त्वपूर्ण सीप हो। औपचारिक वा जटिल परिस्थितिहरूमा शब्दावलीको कमी हुन सक्छ।

सञ्चारमा त्रुटि हुने जोखिम

कानुनी, चिकित्सा वा अन्य संवेदनशील परिस्थितिहरूमा अप्रशिक्षित द्विभाषी व्यक्तिहरूलाई दोभाषेको काम लगाउँदा गम्भीर त्रुटिहरू हुन सक्छ। यसले गर्दा गलत निदान हुन सक्छ, कानुनी अधिकारहरूको गलत बुझाइ, सहमति वा गोपनीयताको उल्लंघन जस्ता समस्या निम्त्याउन सक्छ।

परीक्षण नगरिएको

उनीहरूको भाषा र दोभाषे सीपको स्वतन्त्र रूपमा मूल्याङ्कन गरिएको हुँदैन।

दोभाषेको रूपमा परिवारका सदस्यहरू

परिवारका सदस्यहरूलाई दोभाषेको रूपमा प्रयोग गर्नाले थप समस्याहरू सिर्जना हुन्छन्:

  • शब्दावलीको अभावमा उनीहरूले खतरनाक त्रुटिहरू निम्त्याउन सक्छन् वा भावनात्मक, सांस्कृतिक वा व्यक्तिगत प्रभावले गर्दा जानकारीमा थपघट वा हेरफेर हुन सक्छ।
  • उनीहरूले घटनाहरूको आफ्नै संस्करण बनाएर भन्न सक्छन्
  • गोपनीयताको कारणले गर्दा उपस्थित व्यक्तिहरूले सबै सान्दर्भिक जानकारी साझा नगर्न सक्छन्।
  • यसले परिवारको सदस्यलाई तनाव र उनीहरुमा आघात निम्त्याउन सक्छ।

१८ वर्ष मुनिका कुनै पनि व्यक्तिलाई दोभाषेको काम लगाउन लगाउनु हुँदैन। व्यावसायिक दोभाषे नियुक्त गर्नाले परिवारलाई भावनात्मक सहयोग प्रदान गर्न र प्रश्नहरू सोध्नमा ध्यान केन्द्रित गर्ने अवसर दिन्छ।

द्विभाषी व्यक्तिहरू कस्तो अवस्थाको लागि ठिक हुन्छन्

जब सञ्चार गर्ने कुरा कम जोखिमपूर्ण हुन्छ र सटीकता आवश्यक पर्दैन, द्विभाषी व्यक्तिहरूले अमूल्य भूमिका खेल्न सक्छन्। द्विभाषी कामदारहरू रिसेप्शनिस्ट, नर्स, प्रशासन अधिकारी, मार्केटिङ विज्ञहरू, टुर गाइड र अन्यको रूपमा काम गर्छन्। दुई भाषा बोल्ने उनीहरूको क्षमताले सामुदायिक सञ्चारमा सुधार ल्याउँछ।

स्वास्थ्य सेवामा, बिरामीको सांस्कृतिक पृष्ठभूमिसँग मेल खाने द्विभाषी स्वास्थ्यकर्मीहरूले सांस्कृतिक रूपमा उपयुक्त हेरचाह प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। यद्यपि, निम्न परिस्थितिमा सधैं दोभाषेलाई संलग्न गराउनुहोस्:

  • मञ्जुरीनामा लिनु पर्दा
  • निदान, उपचार योजना र अन्य उच्च-जोखिम वा भावनात्मक परिस्थितिहरूको बारेमा छलफल गर्नु पर्दा।

सोध्नुपर्ने प्रश्नहरू

दोभाषे र द्विभाषी व्यक्ति बीच छनौट गर्दा, निम्न कुराहरू विचार गर्नुहोस्:

  • के यसमा नैतिक असर पर्छ?
  • के गलत बुझाइले गम्भीर नकारात्मक परिणाम निम्त्याउन सक्छ?
  • के कुराकानी वा जानकारी कानुनी रूपमा बाध्यकारी छ?
  • के मैले मञ्जुरीनामा लिन वा दिन आवश्यक पर्छ?
Was this page helpful?(Required)

Your feedback helps us improve this page. NAATI uses this feedback to improve our website.

If you need a reply, please use our Contact us form.

This site is registered on wpml.org as a development site. Switch to a production site key to remove this banner.