भाषा छनौट गर्नुहोस्

यो वेबसाइटलाई तपाईंले रोज्नुभएको भाषामा देख्न सक्नुहुन्छ।

चिकित्सकीय दोभाषेहरू सँग काम गर्दा: स्वास्थ्य सेवा प्रदायकहरूका लागि निर्देशिका

वर्ग चिकित्सक/HCP संसाधनहरू प्रकाशित 22 जनवरी 2026


गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रभावकारी सञ्चार आधारभूत कुरा हो। अंग्रेजीमा सीमित दक्षता भएका वा बहिरा बिरामीहरूका लागि, चिकित्सकहरू र बिरामीहरू बीच सत्य, सम्मानजनक र सुरक्षित संवाद सुनिश्चित गर्न व्यावसायिक दोभाषेहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्।

NAATI-प्रमाणित दोभाषेहरूसँग किन काम गर्ने?

NAATI-प्रमाणित दोभाषेहरू नैतिक संहिताको अधिनमा हुन्छन् र गोपनीयता, निष्पक्षता र सटीकता सहित नैतिक मापदण्डहरू कायम राख्न प्रशिक्षित हुन्छन्। परिवारका सदस्यहरू वा द्विभाषी कर्मचारीहरू भन्दा फरक, उनीहरूको भूमिका भनेको भावनात्मक संलग्नता बिना जटिल चिकित्सा शब्दावली र संवेदनशील छलफलहरू व्यवस्थापन गर्नु हो।

NAATI द्वारा प्रमाणित दोभाषेहरूसँग काम गर्नाले:

  • बिरामीको सुरक्षा र सूचित मञ्जुरीनामा सुनिश्चित हुन्छ
  • चिकित्सा र कानुनी जोखिम कम गर्छ
  • चिकित्सकीय त्रुटिहरू र गलत बुझाइहरू कम गर्छ
  • बिरामीको सन्तुष्टि र स्वास्थ्य परिणामहरूमा सुधार गर्छ
  • स्वास्थ्य सेवा र भेदभाव विरोधी कानून अन्तर्गत कानुनी र नैतिक दायित्वहरूलाई समर्थन गर्दछ।

दोभाषे कतिबेला संलग्न गराउने

निम्न अवस्थामा दोभाषे संलग्न गराउनुहोस्:

  • बिरामीले अनुरोध गर्दा
  • बिरामीको अंग्रेजी दक्षता सीमित भएमा।
  • बिरामी बहिरा वा सुन्न नसक्ने भएमा
  • मञ्जुरीनामा लिँदा लगायत जटिल, संवेदनशील वा कानुनी जानकारीको बारेमा छलफल गर्दा।

बिरामीले सामान्यतया अंग्रेजी बुझेता पनि तनाव वा अपरिचित अवस्थाहरूले उनीहरूको सञ्चार क्षमतालाई असर गर्न सक्छ। विशेष गरी मानसिक स्वास्थ्य, मञ्जुरीनामा वा निदानसँग सम्बन्धित कार्यहरूमा बालबालिका, परिवारका सदस्यहरू वा अप्रशिक्षित कर्मचारीहरूमा भर नपर्नुहोस्।

याद राख्नुहोस्: कुराकानीको क्रममा दोभाषे सबैको प्रयोगको लागि हो, कम अंग्रेजी दक्षता भएको व्यक्तिका लागि मात्र होइन। यदि तपाईं बिरामीसँग राम्रोसँग कुराकानी गर्न सक्नुहुन्न भन्ने लाग्छ भने, तपाईंले दोभाषे बोलाउनु पर्छ।

दोभाषे बुकिङ्ग

धेरै जसो अस्पताल र क्लिनिकहरूको आफ्नै स्थापित बुकिङ प्रक्रियाहरू हुन्छन्। आफ्नो संस्थाको प्रक्रियाहरू बारे बुझ्नुहोस् र उपयुक्त भाषा सेवाहरू उपलब्ध भएको सुनिश्चित गर्न सकेसम्म चाँडो व्यवस्था गर्नुहोस्।

दोभाषेहरूसँग कसरी काम गर्ने र सही दोभाषे माध्यम कसरी छनौट गर्ने भन्ने बारे NAATI को निर्देशिका पढ्नुहोस्।

आवश्यक जानकारी

दोभाषे बुक गर्न, तपाईंलाई निम्न कुराहरू आवश्यक पर्नेछ:

  • बिरामीको नाम (सानो समुदायहरूमा संवेदनशील विषयहरूमा गोपनीयतालाई विचार गर्नुहोस्)
  • आवश्यक भाषा
  • बुकिङको मिति, समय र अवधि
  • भेटघाटको प्रकार र छलफलको प्रकृति
  • ठेगाना (स्थलगत सेवाहरूको लागि)
  • कर्मचारीको नाम र सम्पर्क विवरण

विचार गर्नुपर्ने अन्य कुराहरू

  • दोभाषे सहितको परामर्शमा दोभाषे बिनाको परामर्श भन्दा बढी समय लाग्न सक्छ। बुकिङ अवधिमा यसलाई समावेश गर्नुहोस्।
  • बिरामीहरूलाई उनीहरूले महिला/पुरुष दोभाषे कुन रुचाउँछन् सोध्नुहोस्।
  • केही बिरामीहरूले निरन्तर परामर्शको लागि एउटै दोभाषेलाई प्राथमिकता दिन सक्छन्।

सत्र सुरु हुनुभन्दा अघि

दोभाषे प्रतीक्षा व्यवस्था

सम्भव भएमा, दोभाषेहरूलाई बिरामीबाट अलग्गै तोकिएको प्रतीक्षा क्षेत्र उपलब्ध गराउनुहोस्। यसले व्यावसायिक सीमाहरू कायम राख्छ र परामर्श अघि कर्मचारीहरूले दोभाषेहरूलाई संक्षिप्त जानकारी गराउने अवसर सिर्जना गर्दछ।

दोभाषेलाई संक्षिप्त जानकारी

परामर्श सुरु गर्नु अघि दोभाषेसँग आफ्नो परिचय गर्नुहोस् र संक्षिप्त जानकारी (ब्रीफिंग) दिनुहोस्। सान्दर्भिक पृष्ठभूमिको जानकारी र समेट्नुपर्ने विषयहरू बताउनुहोस्, विशेष गरी यदि सत्रमा संवेदनशील विषयहरू समावेश छन् भने। विस्तृत ब्रीफिंगले दोभाषेलाई प्रभावकारी परामर्शको लागि तयारी हुन मद्दत गर्दछ। NAATI को निर्देशिका हेर्नुहोस्।

बस्ने व्यवस्था

स्थलगत अपोइन्टमेन्टहरूको लागि: बिरामी, दोभाषे र चिकित्सक त्रिकोण आकारमा बस्ने व्यवस्था मिलाउनुहोस्। यसले स्पष्ट सञ्चारलाई बढावा दिन्छ र सबैलाई समावेश गरिएको सुनिश्चित गर्दछ।

अस्लान मौखिक अनुवाद (Auslan interpreting) को लागि: दोभाषे स्वास्थ्यकर्मीको छेउमा र बिरामीको विपरीत दिशामा बस्नु पर्छ वा उभिनु पर्छ। यसले बहिरा बिरामीलाई वक्तासँग आँखाको सम्पर्क कायम राख्न र शरीरको भाषा अवलोकन गर्न सक्षम बनाउँछ। लामो सत्रहरूको लागि, दुई दोभाषेलाई पालैपालो कार्य गराउन सकिन्छ।

दूरस्थ-अनुवाद (रिमोट इन्टरप्रेटिंग) को लागि: तपाईंसँग आवश्यक उपकरणहरू छन् र त्यसलाई चलाउन जान्नु भएको छ भनी सुनिश्चित गर्नुहोस्। ल्यान्डलाइन र लाउडस्पीकर, माइक्रोफोन क्षमताको टेलिफोन भएमा दोभाषेले राम्रो काम गर्न सक्छन्।

सत्र चलिरहेको बेलामा

अपोइन्टमेन्टको सुरुवात

बिरामीलाई आफ्नो र दोभाषेको परिचय दिएर सुरु गर्नुहोस्। दोभाषेको भूमिका स्पष्ट पार्नुहोस्; उनीहरूले सञ्चारलाई सहज बनाउँछन् र जानकारी थपघट वा हेरफेर नगरी जस्ता को त्यस्तै अनुवाद गर्छन्। सत्रको उद्देश्य व्याख्या गर्नुहोस् र बिरामीलाई कुनै पनि समयमा प्रश्नहरू सोध्न प्रोत्साहित गर्नुहोस्।

अपोइन्टमेन्टको समाप्ति

बुझाइलाई सुदृढ पार्न मुख्य बुँदाहरू संक्षेपमा लेख्नुहोस्। बिरामीले जानकारी बुझेको छ/छैन जाँच गर्नुहोस् र अन्तिम प्रश्नहरू सोध्नुहोस्। पेशागत सीमाहरू कायम राख्न दोभाषेलाई बिरामी भन्दा अलग्गै जाने व्यवस्था मिलाउनुहोस्।

सत्र समाप्त भएपछि

विशेष गरी जटिल परामर्श पश्चात, दोभाषेहरूसँग छलफल गर्ने अवसर प्रदान गर्नुहोस्। यसले कुनै पनि मुद्दाहरूको छलफल गर्न अनुमति दिन्छ र प्रभावकारी सहकार्यलाई समर्थन गर्दछ। यो प्रतिक्रिया प्रदान गर्ने वा दोभाषेको आचरणको बारेमा कुनै पनि चिन्तालाई सम्बोधन गर्ने उपयुक्त समय पनि हो।

थप स्रोतसाधनहरू

थप जानकारीको लागि, यहाँ हेर्नुहोस्:

के यो पृष्ठ उपयोगी थियो?(भर्नुपर्ने)

तपाईंको प्रतिक्रियाले हामीलाई यो पृष्ठलाई सुधार गर्न मद्दत गर्दछ, NAATI ले हाम्रो वेबसाइट सुधार गर्न यो प्रतिक्रियाको प्रयोग गर्दछ।

यदि तपाईंलाई जवाफ चाहिन्छ भने, कृपया हाम्रो सम्पर्क फारम प्रयोग गर्नुहोस्।

This site is registered on wpml.org as a development site. Switch to a production site key to remove this banner.