गुणस्तर सुनिश्चितता: लिखित अनुवाद (ट्रान्सलेशन) हरूको समीक्षा र प्रमाणीकरण कसरी गर्ने
जब तपाईं आफूले नबोल्ने भाषाहरूमा गरिएका अनुवादहरूको समीक्षा गर्ने जिम्मेवारी लिनुहुन्छ, यो असम्भव लाग्न सक्छ। सौभाग्यवश, तपाईंको अनुवादित सामग्री सही, व्यावसायिक र उद्देश्यका लागि उपयुक्त छ भनी सुनिश्चित गर्न तपाईंले चाल्न सक्ने व्यावहारिक गुणस्तर सुनिश्चितताका चरणहरू छन्।
भाषा नजानीकनै गर्न सकिने आधारभूत गुणस्तर जाँचहरू
यदि तपाईं लक्षित भाषामा निपुर्ण हुनुहुन्न भने पनि, तपाईं दृश्यात्मक र संरचनात्मक समीक्षा गर्न सक्नुहुन्छ:
पाठको लम्बाइ तुलना गर्नुहोस्
के अनुवादित पाठको लम्बाइ लगभग मूल पाठको लम्बाइ बराबरको छ? केही भाषाहरूमा स्वाभाविक रूपमा बढी वा कम शब्दहरूको प्रयोग हुन्छ, तर ठूलो भिन्नता देखिनु भनेको सामग्रीमा केहि चिज हराइरहेको वा थपिएको संकेत हुन सक्छ।
ढाँचा जाँच गर्नुहोस्
के अनुच्छेद, सूचीबद्ध बुँदाहरू (बुलेट पोइन्ट) र शीर्षकहरूको संख्या स्रोतसँग मेल खान्छ? के अनुवादित पाठ त्यही ठाउँमा देखा परिरहेको छ?
संख्या र प्रतीकहरू ठीक छन् की छैनन् हेर्नुहोस्
संख्याहरू मूल पाठसँग मेल खान्छ कि खाँदैनन् सुनिश्चित गर्नुहोस्। भाषाहरूमा प्रयोग फरक तरिकाले हुन सक्छ भन्ने कुरा मनमा राख्दै प्रतीकहरू र विराम चिन्हहरू पनि जाँच गर्नुहोस्।
टाइपिङ त्रुटिहरू पत्ता लगाउनुहोस्
फरक देखिने वर्णहरू खोज्नुहोस् जस्तै बक्सहरूमा प्रश्न चिन्ह वा गलत ठाउँमा राखिएका प्रतीकहरू। यसले प्राविधिक वा टाइपिङ त्रुटिहरूहरू भएको संकेत गर्न सक्छ।
सावधानी अपनाउन पर्ने कुराहरु
गुणस्तर सम्बन्धी समस्याहरू प्रायः खराब अभ्यासहरू वा व्यावसायिकताको कमीबाट आउँछन्। यहाँ केही सावधानीका संकेतहरू छन्:
अयोग्य अनुवादकहरू (Translators)
NAATI को वेबसाइट मार्फत सधैं NAATI का प्रमाणपत्रहरू जाँच गर्नुहोस्। प्रमाणीकरण वा पेशागत अनुभव नभएमा त्यो चिन्ताको विषय हो।
कमजोर सञ्चार
अनुवादकहरू उत्तरदायी र खुला रुपमा प्रतिक्रिया स्वीकार गर्ने खाले हुनुपर्छ। रक्षात्मक व्यवहार देखाउने वा केहि फेरबदल गर्न अस्वीकार गर्नु सावधानीको संकेत हो।
शंकास्पद समयसीमा
२४ घण्टामा ठूलो कार्य (उदाहरणका लागि १६०,००० शब्दहरूको कार्य) सम्पन्न गर्नु यथार्थपरक हुँदैन र यसले कम गुणस्तर वा असम्पादित मेसिन ट्रान्सलेशनको संकेत दिन्छ।
असामान्य मूल्य
बिना स्पष्टीकरण अन्य मूल्य अनुमानहरु भन्दा धेरै कम वा उच्च दरको मूल्यहरूले घोटाला वा कम गुणस्तरको कामको संकेत गर्न सक्छ। उच्च दरहरू NAATI प्रमाणीकरणको उच्च स्तर, व्यापक अनुभव वा उच्च स्तरीय योग्यताहरूले पुष्टी गर्न सक्छ।
कार्य सम्पन्न (डेलिभरी) समस्याहरू
के लिखित अनुवाद (ट्रान्सलेशन) सहमत ढाँचामा र समयमै सम्पन्न भयो? यदि भएन भने, के ढिलाइ हुनुको कारण स्पष्ट रूपमा सूचित गरिएको थियो?
अजीब पाठ
यदि तपाईं वा तपाईंले चिन्ने कोही लक्षित भाषा पढ्न सक्नुहुन्छ भने, हिज्जे, व्याकरण र प्राकृतिक प्रवाह जाँच गर्नुहोस्। अनुपयुक्त वाक्यांशको प्रयोगले कमजोर अनुवादलाई संकेत गर्न सक्छ।
दोस्रो राय कति बेला लिने?
यदि केहि गलत छ जस्तो लाग्छ भने, लिखित अनुवाद (ट्रान्सलेशन) को समीक्षा गर्न दोस्रो अनुवादक (ट्रान्सलेटर) लाई दिनुहोस्।
तपाईंले निम्नको लागि सधैं दोस्रो राय लिनुपर्छ:
- कानुनी कागजातहरू
- सार्वजनिक सञ्चार
- स्वास्थ्य जानकारी
- सुरक्षा निर्देशिका (सेफ्टी म्यानुअलहरू)
- शुद्धता आवश्यक पर्ने कुनै पनि सामग्री
- कृत्रिम बुद्धिमत्ता (AI) वा मेसिन ट्रान्सलेशन उपकरणहरूद्वारा सिर्जना गरिएका वा त्यसको सहयोगमा तयार पारिएका अनुवादहरू।
महत्त्वपूर्ण बुँदा
सतही स्तरका समस्याहरू तपाईं आफैंले बुझ्न सक्नुहुन्छ, तर प्रमाणित अनुवादक (सर्टीफाइड ट्रान्सलेटर) ले मात्र अनुवाद सही, प्राकृतिक र तपाईंको उद्देश्य अनुरुप उपयुक्त छ भनी सुनिश्चित गर्न सक्छन्। शंका लागेमा, सधैं दोस्रो अनुवादकबाट प्रमाणित गराउनुहोस्।