कामको लागि सही पेशाकर्मी छनौट गर्नुहोस्: NAATI योग्यताको एक सिंहावलोकन
यस पृष्ठमा
जब तपाईंलाई कागजातहरू अनुवाद गर्न वा फरक भाषा बोल्ने व्यक्तिसँग कुराकानी गर्न आवश्यक पर्दछ, तपाईंलाई मद्दत गर्ने सही पेशाकर्मी खोज्नु महत्त्वपूर्ण हुन्छ। अनुवादकहरूले लिखित पाठहरू सम्बन्धी काम गर्छन् भने दोभाषेहरूले मौखिक वा सांकेतिक कुराकानी सम्बन्धी काम गर्छन्।
NAATI को प्रमाणीकरण प्रणालीमा तीन वटा अनुवादक योग्यता (translator credentials) र छ वटा दोभाषे योग्यता (interpreter credentials) समावेश छन्। यो निर्देशिकाले तपाईंलाई प्रत्येक प्रमाणपत्र केका लागि हो भन्ने कुरा बुझ्न मद्दत गर्नेछ।
NAATI ले हरेक भाषा वा हरेक तहमा परीक्षण गराउदैन। यदि तपाईंको भाषामा परीक्षण उपलब्ध छैन भने, अनुवादक र दोभाषेहरूले एक मान्यता प्राप्त अभ्यासकर्ताको योग्यता प्राप्त गर्न सक्छन् जसले उनीहरूसँग आवश्यक तालिम र भाषा सम्बन्धी सीपहरू छन् भन्ने कुरा देखाउँछ।
एउटै योग्यता भएका अनुवादक र दोभाषेहरूको पनि विशेषज्ञताका फरक-फरक क्षेत्रहरू हुन सक्छन् भन्ने कुराको ख्याल गर्नुहोस्। योग्यता प्राप्त अभ्यासकर्ताहरू खोज्न र उनीहरूको विशिष्ट अनुभव र योग्यताहरूको बारेमा थप जान्न NAATI अनलाइन निर्देशिका (NAATI online directory) प्रयोग गर्नुहोस्।
NAATI प्रमाणीकरण प्रणालीको बारेमा थप जानकारीको लागि, NAATI को वेबसाइटमा जानुहोस्
पूर्व-आवश्यकताहरू
NAATI द्वारा प्रमाणित हुनको लागि, सबै अनुवादक र दोभाषेहरूले धेरै पूर्व-आवश्यकताहरू पूरा गर्नुपर्छ। प्रत्येक योग्यताको आफ्नै पूर्व-आवश्यकताहरूको सूची हुन्छ (उदाहरणका लागि, फरक स्तरको प्रशिक्षण आवश्यकता), तर ती सबैमा निम्न समावेश हुन्छन्:
- लिखित अनुवाद (traslation) वा मौखिक अनुवाद (interpreting) मा औपचारिक प्रशिक्षण
- अंग्रेजी वा अस्लान (Auslan) भाषामा दक्षता
- नैतिक योग्यता: सबै प्रमाणित अनुवादकहरू र दोभाषेहरू आँफू बाँधिएको सम्बन्धित नैतिक संहिता (Code of Ethics) को ज्ञान र बुझाइ।
- अन्तर-सांस्कृतिक योग्यता (Intercultural competency): अष्ट्रेलियाको सन्दर्भमा अन्तर-सांस्कृतिक रूपमा काम गर्न आवश्यक ज्ञान र सीप।
अनुवादक योग्यता(Translator credentials)
विभिन्न स्तरको सीप र अनुभव देखाउने तीन वटा अनुवादक योग्यता छन्।
अनुवादक योग्यता भएका व्यवसायीहरूले जटिल र सरल कागजातहरू एक भाषाबाट अर्को भाषामा अनुवाद गर्न सक्छन्। उनीहरूले पूर्व-अनुवादित सामग्री ठिक छ/छैन भनी सुनिश्चित गर्न समीक्षा र सम्पादन पनि गर्न सक्छन्। अनुवादकहरूले केवल एकतर्फी वा दुईतर्फी अनुवाद गर्न सक्छन्: उदाहरणका लागि, पोलिशबाट अंग्रेजीमा र/वा अंग्रेजीबाट पोलिशमा।
मान्यता प्राप्त अभ्यासकर्ता अनुवादकहरू (Recognised Practising Translators) उनीहरूले NAATI लाई आफ्नो सीप परीक्षण गराएका हुदैनन् तर न्यूनतम तालिम र पूर्व-आवश्यकताहरू पूरा गरेका हुन्छन् र अनुवादको वर्तमान अनुभव पनि हुन्छ। सामान्यतया उनीहरू त्यस्ता भाषाहरूसँग काम गर्छन् जहाँ NAATI परीक्षण उपलब्ध हुँदैन।
यदि कुनै भाषामा योग्यता प्राप्त अनुवादकहरू छैनन् भने, मान्यता प्राप्त अभ्यासकर्ता अनुवादकहरूलाई योग्यता प्राप्त अनुवादक सरह काम गर्न आग्रह गर्न सकिन्छ।
प्रमाणित अनुवादकहरू (Certified Translators) उनीहरूले न्यूनतम तालिम र पूर्व-आवश्यकताहरू पूरा गरेका हुन्छन्, र NAATI द्वारा उनीहरूको सीप परीक्षण गरिएको हुन्छ। यो प्रमाणीकरण प्रणाली अन्तर्गत उपलब्ध सबै भन्दा उच्च स्तरको अनुवादक योग्यता हो।
NAATI द्वारा मूल्याङ्कन गरिएका कार्यहरू- जटिल (complex) तर गैर-विशेषीकृत (non-specialised) सामग्रीहरूको अनुवाद
- जटिल तर गैर-विशेषीकृत सामग्रीहरूको संशोधन
प्रमाणित उच्च स्तरीय अनुवादकहरू (Certified Advanced Translators) उनीहरूले पहिलेको NAATI प्रमाणीकरण प्रणाली (२०१८ अघि) अन्तर्गत उच्च स्तरको योग्यता प्राप्त गरेका हुन्छन्। यो परीक्षण हाल उपलब्ध छैन, तर केही अनुवादकहरूले अझै पनि यो योग्यता प्रयोग गर्छन्।
दोभाषे योग्यता (Interpreter credentials)
दुई मुख्य सेटिङमा छ वटा दोभाषे प्रमाणपत्रहरू छन्: सामुदायिक अनुवाद (community interpreting) र प्रत्यक्ष अनुवाद (conference interpreting)।
मान्यता प्राप्त अभ्यासकर्ता मौखिक अनुवादकहरू (Recognised Practising Interpreters) उनीहरूले NAATI लाई आफ्नो सीप परीक्षण गराएका हुदैनन् तर न्यूनतम तालिम र पूर्व-आवश्यकताहरू पूरा गरेका हुन्छन् र मौखिक अनुवादको वर्तमान अनुभव पनि हुन्छ। सामान्यतया उनीहरू त्यस्ता भाषाहरूसँग काम गर्छन् जहाँ NAATI परीक्षण उपलब्ध हुँदैन।
यदि कुनै भाषामा योग्यता प्राप्त मौखिक अनुवादकहरू छैनन् भने, मान्यता प्राप्त अभ्यासकर्ता मौखिक अनुवादकहरूलाई योग्यता प्राप्त मौखिक अनुवादक सरह काम गर्न आग्रह गर्न सकिन्छ।
प्रमाणित अस्थायी दोभाषेहरू (Certified Provisional Interpreters) सामान्यतया दुई व्यक्तिहरू बीच हुने सामान्य, सरल कुराकानीको लागि उनीहरूको दोभाषे सीप परीक्षण गरिएको हुन्छ। NAATI प्रमाणित दोभाषे स्तरमा परीक्षण गरिने मौखिक अनुवाद सीपहरूको फराकिलो दायरा अनुसार मूल्याङ्कन नगरिएकाले ‘अस्थायी’ शब्द प्रयोग गरिएको हो।
NAATI द्वारा मूल्याङ्कन गरिएका कार्यहरू- प्रत्यक्ष भूमिका निर्वाह गर्नेहरूद्वारा सहजीकरण गरिएको, अंग्रेजी र अन्य भाषा बोल्ने वक्ताहरू बीच आमनेसामने (वा भिडियो) र दूरस्थ (टेलिफोन) कुराकानीहरूको मौखिक अनुवाद।
प्रमाणित दोभाषेहरू (Certified Interpreters) धेरैजसो परिस्थितिहरूमा उनीहरूले जटिल मौखिक अनुवाद गर्न सक्छन्। उनीहरू प्रमाणित अस्थायी दोभाषे परीक्षाका साथै NAATI प्रमाणित दोभाषे परीक्षा उत्तीर्ण गरेका हुन्छन्।
NAATI द्वारा मूल्याङ्कन गरिएका कार्यहरू- दुई व्यक्ति बीचको कुराकानीको मौखिक अनुवाद
- एक भाषा (लिखित) बाट अर्को भाषा (मौखिक) मा कागजातहरूको दृश्यात्मक अनुवाद (Sight translation)।
- एकल संवादको अनुवाद (क्रमिक र समानान्तर मौखिक अनुवाद)
प्रमाणित विशेषज्ञ स्वास्थ्य दोभाषेहरू (Certified Specialist Health Interpreters) उनीहरू अनुभवी र निपुण दोभाषेहरु हुन् जो स्वास्थ्य सेवाहरूमा मौखिक अनुवाद गर्ने विशेषज्ञ हुन्। उनीहरूले सामान्य चिकित्सा ज्ञान र स्वास्थ्य सेवामा बोली रोगविज्ञान सम्बन्धी प्रश्न सहित दोभाषेको भूमिका बारेको चिकित्सकीय ज्ञान सम्बन्धी परीक्ष उत्तीर्ण गरेका हुन्छन्। उनीहरूले विशेषज्ञ-विशेषज्ञसँगको संवादलाई (जस्तै जब डाक्टरले बिरामीको बारेमा अर्को स्वास्थ्यकर्मीसँग कुरा गर्छन्) अनुवाद गर्ने र मानसिक स्वास्थ्य सेवाहरूको पनि मौखिक अनुवाद गर्ने क्षमताको मूल्याङ्कन गर्ने दोभाषे परीक्ष (interpreting test) पनि उत्तीर्ण गरेका हुन्छन्। उनीहरू दोभाषेको रूपमा काम गरेका थिए र यो तहमा पुग्नु अघि प्रमाणित विशेषज्ञ तालिम प्राप्त गरे।
NAATI द्वारा मूल्याङ्कन गरिएका कार्यहरू- स्वास्थ्य ज्ञान परीक्षण
- एकल संवादको क्रमिक मौखिक अनुवाद (Consecutive interpreting)
- मानसिक स्वास्थ्य सन्दर्भमा एकल संवादको समानान्तर मौखिक अनुवाद (Simultaneous interpreting)
- एकल संवाद आदानप्रदानको अनुवाद (धेरै अंग्रेजी बोलिने जटिल वातावरणमा समानान्तर अनुवाद)
प्रमाणित विशेषज्ञ कानूनी दोभाषेहरू (Certified Specialist Legal Interpreters) उनीहरू अनुभवी र निपुण दोभाषे हुन् जो कानुनी पृष्ठभूमिमा अनुवाद गर्ने विशेषज्ञ हुन्। उनीहरूले सामान्य कानुनी ज्ञान र कानुनी पृष्ठभूमिहरूमा दोभाषेको भूमिकाको बारेमा कानुनी ज्ञान सम्बन्धी परीक्षा उत्तीर्ण गरेका हुन्छन्। उनीहरूले विशेषज्ञ-विशेषज्ञसँगको संवादलाई (जस्तै न्यायाधीश र वकिलहरू बीचको संवाद) र अदालतमा साक्षीसँगको सोधपुछ अनुवाद गर्ने क्षमताको मूल्याङ्कन गर्ने दोभाषे परीक्षा पनि उत्तीर्ण गरेका हुन्छन्। यस स्तरमा अगाडि बढ्नु अघि उनीहरूले प्रमाणित दोभाषेको रूपमा काम गरेका थिए र विशेषज्ञ तालिम प्राप्त गरे।
NAATI द्वारा मूल्याङ्कन गरिएका कार्यहरू- कानुनी ज्ञान परीक्षण
- संवादको सार निकाल्ने कार्य [साक्षीसँगको सोधपुछको अनुकरण गरिएको परिदृश्यको क्रमिक (कन्सेक्यूटिभ) अनुवाद]
- एकल संवादको क्रमिक अनुवाद (Consecutive interpreting)
- एकल संवाद आदानप्रदानको अनुवाद (धेरै अंग्रेजी बोलिने जटिल वातावरणमा समानान्तर अनुवाद)
प्रमाणित प्रत्यक्ष अनुवाद (Certified Conference Interpreters) उनीहरूले सन्धि सम्झौता र शैक्षिक सम्मेलनहरू जस्ता उच्च-स्तरीय अन्तर्राष्ट्रिय र घरेलु सम्मेलनहरूमा अत्यधिक जटिल र विशेष सन्देशहरूको मौखिक अनुवाद गर्न सक्छन्। यी दोभाषेहरूसँग सामान्यतया सम्मेलनमा मौखिक अनुवाद गर्ने विशेष प्रशिक्षण र व्यापक अनुभव हुन्छ। उनीहरूको प्रमाणपत्रले एक तर्फी भाषा दिशा समेट्छ (उदाहरणका लागि, जापानीबाट अंग्रेजी वा अंग्रेजीबाट अस्लान), यद्यपि केही दोभाषेहरूले धेरै भाषासँग काम गर्छन्।
NAATI द्वारा मूल्याङ्कन गरिएका कार्यहरू- अदृश्य कुराकानीहरूको एकल संवाद मौखिक अनुवाद (क्रमिक अनुवाद)
- दृश्य र अदृश्य कुराकानीहरूको एकल संवाद मौखिक अनुवाद (समानान्तर अनुवाद)