Select your language

This website will display in the language you choose.

अस्लान (Auslan) र अन्य सांकेतिक भाषाहरूको लागि NAATI योग्यता

Category Consumer resource Published 30 जनवरी 2026

यदि तपाईंलाई बहिरा वा कम श्रवण शक्ति भएका व्यक्तिसँग कुराकानी गर्न आवश्यक परेमा, तपाईंले NAATI-प्रमाणित अस्लान (Auslan) अथवा डेफ इन्टरप्रेटर वा लिखित अंग्रेजीलाई अस्लान (Auslan) मा अनुवाद गर्ने अनुवादकलाई संलग्न गराउनुपर्ने हुन सक्छ।

कति जना दोभाषेहरू (interpreters) बुकिङ गर्ने

तपाईंको कार्यक्रम, बैठक वा भेटघाटको अवधि र जटिलताले तपाईंलाई कति दोभाषे बुक गर्न आवश्यक छ भन्ने कुरा निर्धारण गर्नेछ।

एक घण्टाको एका-एक भेटघाटका लागि (जस्तै डाक्टरसँग परामर्श वा अभिभावक-शिक्षक अन्तर्वार्ता), सामान्यतया एक दोभाषे उपयुक्त हुन्छ। यद्यपि, दुई भन्दा बढी सहभागीहरू (जस्तै कार्यस्थल बैठक, वेबिनार वा सम्मेलन प्रस्तुति) सम्मिलित भेटघाटको लागि, तपाईंले दुई दोभाषे बुक गर्नुपर्ने हुन सक्छ। दुई दोभाषे बुक गर्नाले सञ्चारको प्रवाहलाई सहयोग गर्दछ र दोभाषेहरूलाई पालैपालो अनुवाद गर्न र आवश्यक विश्राम लिन अवसर दिन्छ।

सही प्रमाणीकरण (certification) छनौट गर्ने

NAATI ले बहिरा वा श्रवणशक्ति कम भएका व्यक्तिहरूसँगको संवादलाई सहयोग गर्ने दोभाषे र अनुवादकहरूलाई विभिन्न प्रकारका प्रमाणपत्रहरू प्रदान गर्दछ। तपाईंको परिस्थिति र संवाद आवश्यकताहरू अनुरूपको प्रमाणपत्र भएको दोभाषे वा अनुवादकलाई संलग्न गराउनु महत्त्वपूर्ण हुन्छ।

NAATI द्वारा प्रमाणित हुनको लागि, अनुवादक र दोभाषेहरूले प्रमाणीकरण परीक्षामा बस्नु अघि विभिन्न पूर्व-आवश्यकताहरू पूरा गर्नुपर्छ। प्रत्येक प्रमाणपत्रको आफ्नै पूर्व-आवश्यकताहरूको सेट हुन्छ (उदाहरणका लागि, फरक स्तरको प्रशिक्षण आवश्यकता), तर यी सबैमा निम्न समावेश हुन्छन्:

  • लिखित अनुवाद (traslation) वा मौखिक अनुवाद (interpreting) मा औपचारिक प्रशिक्षण
  • भाषा दक्षता
  • नैतिक योग्यता: सबै प्रमाणित अनुवादकहरू र दोभाषेहरू आँफू बाँधिएको सम्बन्धित नैतिक संहिता (Code of Ethics) को ज्ञान र बुझाइ।
  • अन्तर-सांस्कृतिक योग्यता (Intercultural competency): अष्ट्रेलियाको सन्दर्भमा अन्तर-सांस्कृतिक रूपमा काम गर्न आवश्यक ज्ञान र सीप।

मान्यता प्राप्त अभ्यासकर्ता दोभाषेहरू (Recognised Practising Interpreters) उनीहरु NAATI परीक्षण उपलब्ध नभएको ठाउँमा र कम माग भएका सांकेतिक भाषाहरू (जस्तै न्यूजील्याण्ड सांकेतिक भाषा र अमेरिकी सांकेतिक भाषा र Auslan बीच डेफ इन्टरप्रेटिंग) सँग काम गर्छन्। उनीहरूले NAATI मा आफ्नो सीप परीक्षण गराएका हुदैनन् तर न्यूनतम प्रशिक्षण आवश्यकताहरू पूरा गरेका हुन्छन् र हालसालैको नियमित दोभाषेको अनुभव पनि हुन्छ।

प्रमाणित अस्थायी (प्रोभिजिनल) दोभाषे (Certified Provisional Interpreters) सामान्यतया दुई व्यक्तिहरू बीचको सामान्य, सरल कुराकानीको लागि उनीहरूको दोभाषे सीप परीक्षण गरिएको हुन्छ। उदाहरणका लागि, उनीहरूले जी.पी. अपोइन्टमेन्टहरू, ड्राइभिङ परीक्षणहरू, अभिभावक-शिक्षक अन्तर्वार्ताहरू, सामुदायिक कार्यक्रमहरू र सामाजिक सेवाहरूको अपोइन्टमेन्टहरूमा अनुवाद गर्न सक्छन्। ‘अस्थायी’ शब्द प्रयोग गरिनुको कारण NAATI ले प्रमाणित दोभाषेको स्तर अनुसार फराकिलो दायरा प्रयोग गरि दोभाषे सीपहरूको मूल्याङ्कन गरेको हुदैन।

NAATI द्वारा मूल्याङ्कन गरिएका कार्यहरू
  • प्रत्यक्ष भूमिका-निभाउनेहरूद्वारा सहजीकरण गरिएको, अंग्रेजी र अस्लान बीचको प्रत्यक्ष (वा भिडियो) कुराकानीको मौखिक अनुवाद
  • अस्लानमा एकल संवादको अनुवाद (समानान्तर अनुवाद))।

प्रमाणित दोभाषे (Certified Interpreters) स्वास्थ्य र कानुनी पृष्ठभूमिहरू सहित धेरैजसो परिस्थितिहरूमा जटिल अनुवाद गर्न सक्छन्। उदाहरणका लागि, उनीहरूले विशेषज्ञ चिकित्सासँगको अपोइन्टमेन्टहरू, विश्वविद्यालयका पठनपाठनहरू, व्यावसायिक बैठकहरू र कानुनी अपोइन्टमेन्टहरूमा अनुवाद गर्न सक्छन्।

NAATI द्वारा मूल्याङ्कन गरिएका कार्यहरू
  • दुई व्यक्ति बीचको कुराकानीको मौखिक अनुवाद
  • लिखित अंग्रेजीबाट अस्लान मा कागजातहरूको दृश्यात्मक अनुवाद (Sight translation)।
  • एकल संवादको अनुवाद (समानान्तर अनुवाद)

प्रमाणित विशेषज्ञ स्वास्थ्य दोभाषेहरू (Certified Specialist Health Interpreters) उनीहरू अनुभवी र निपुण दोभाषेहरु हुन् जो स्वास्थ्य सेवाहरूमा मौखिक अनुवाद गर्ने विशेषज्ञ हुन्। उनीहरूले सामान्य चिकित्सा ज्ञान र स्वास्थ्य सेवामा दोभाषेको भूमिका बारेको चिकित्सकीय ज्ञान सम्बन्धी परीक्ष उत्तीर्ण गरेका हुन्छन्। उनीहरूले विशेषज्ञ-विशेषज्ञसँगको संवादलाई (जस्तै जब डाक्टरले बिरामीको बारेमा अर्को स्वास्थ्यकर्मीसँग कुरा गर्छन्) अनुवाद गर्ने र मानसिक स्वास्थ्य सेवाहरूको पनि मौखिक अनुवाद गर्ने क्षमताको मूल्याङ्कन गर्ने दोभाषे परीक्ष (interpreting test) पनि उत्तीर्ण गरेका हुन्छन्।

उनीहरूले प्रमाणित दोभाषेको रूपमा काम गरेका हुन्छन् र यो तहमा पुग्नु अघि विशेष तालिम प्राप्त गरेका हुन्छन्।

NAATI द्वारा मूल्याङ्कन गरिएका कार्यहरू
  • स्वास्थ्य ज्ञान परीक्षण
  • एकल संवादको अनुवाद [समानान्तर मौखिक अनुवाद (simultaneous interpreting)]
  • एकल संवाद आदानप्रदानको अनुवाद (धेरै अंग्रेजी बोलिने जटिल वातावरणमा समानान्तर अनुवाद)

प्रमाणित विशेषज्ञ कानूनी दोभाषेहरू (Certified Specialist Legal Interpreters) उनीहरू अनुभवी र निपुण दोभाषे हुन् जो कानुनी पृष्ठभूमिमा अनुवाद गर्ने विशेषज्ञ हुन्। उनीहरूले सामान्य कानुनी ज्ञान र कानुनी पृष्ठभूमिहरूमा दोभाषेको भूमिकाको बारेमा कानुनी ज्ञान सम्बन्धी परीक्षा उत्तीर्ण गरेका हुन्छन्। उनीहरूले विशेषज्ञ-विशेषज्ञसँगको संवादलाई (जस्तै न्यायाधीश र वकिलहरू बीचको संवाद) र अदालतमा साक्षीसँगको सोधपुछ अनुवाद गर्ने क्षमताको मूल्याङ्कन गर्ने दोभाषे परीक्षा पनि उत्तीर्ण गरेका हुन्छन्।

उनीहरूले प्रमाणित दोभाषेको रूपमा काम गरेका हुन्छन् र यो तहमा पुग्नु अघि विशेष तालिम प्राप्त गरेका हुन्छन्।

NAATI द्वारा मूल्याङ्कन गरिएका कार्यहरू
  • कानुनी ज्ञान परीक्षण
  • संवादात्मक निकासी कार्य [आक्रोशित खालको साक्षीसँगको सोधपुछ परिदृश्यको क्रमिक (कन्सेक्यूटिभ) वा समानान्तर (साइमलटेनियस) अनुवाद]
  • एकल संवादको अनुवाद (समानान्तर अनुवाद)
  • एकल संवाद आदानप्रदानको अनुवाद (धेरै अंग्रेजी बोलिने जटिल वातावरणमा समानान्तर अनुवाद)

प्रमाणित प्रत्यक्ष दोभाषेहरू (Certified Conference Interpreters) उनीहरू उच्च-स्तरीय सम्मेलनमा काम गर्छन्। उदाहरणका लागि, उनीहरूले बहिरा शिक्षाविद्ले दिएको सम्मेलन पत्रलाई अंग्रेजीमा अनुवाद गर्न सक्छन्, वा उनीहरूले अंग्रेजी बोल्ने अनुसन्धानकर्ताले दिएको सम्मेलन पत्रलाई अस्लानमा अनुवाद गर्न सक्छन्। उनीहरूको प्रमाणपत्रले एक तर्फी अनुवादलाई समेट्छ (उदाहरणका लागि, अस्लान बाट अंग्रेजी वा अंग्रेजी बाट अस्लान) , यद्यपि केही दोभाषेहरूले धेरै भाषामा पनि काम गर्छन्।

NAATI द्वारा मूल्याङ्कन गरिएका कार्यहरू
  • दृश्य र अदृश्य कुराकानीहरूको एकल संवाद अनुवाद (समानान्तर अनुवाद)

मान्यता प्राप्त अभ्यासकर्ता बहिरा-दृष्टिविहीन दोभाषेहरु (Recognised Practising Deafblind Interpreters) उनीहरूले बहिरा-दृष्टिविहीन व्यक्तिहरूसँगको कुराकानीलाई सहयोग गर्छन्। उनीहरूले मौखिक वा साङ्केतिक जानकारीको अतिरिक्त वातावरणीय विवरण, अनुहारको भाव वा प्रतिक्रियाहरू जस्ता दृश्यात्मक जानकारी प्रदान गर्छन्। बहिरा-दृष्टिविहीन दोभाषेहरूले स्पर्शशील साङ्केतिक भाषा, नजिकबाट संकेत, दृश्य संकेत, औंलाको हिज्जे र सामाजिक स्पर्शशील सञ्चार सहित विभिन्न सञ्चारका प्रविधिहरूको प्रयोग गर्छन्।

मान्यता प्राप्त बहिरा-दृष्टिविहीन दोभाषेका अभ्यासकर्ताहरूले NAATI लाई प्रत्यक्ष रूपमा आफ्नो बहिरा-दृष्टिविहीन दोभाषे सीप परीक्षण गराएका हुदैनन् तर न्यूनतम प्रशिक्षण आवश्यकताहरू पूरा गरेका हुन्छन्, दोभाषेको वर्तमान अनुभव हुन्छ, र अस्लान वा डेफ इन्टरप्रेटिंगमा NAATI प्रमाणीकरण लिएका हुन्छन्।

प्रमाणित अस्थायी बहिरा दोभाषेहरू (Certified Provisional Deaf Interpreters) उनीहरू बहिरा दोभाषे हुन् जससँग उच्चस्तरको दृश्य-इशारा संचार सीप हुन्छ। बहिरा दोभाषेहरूले (श्रवण) अस्लान दोभाषेहरूसँग मिलेर काम गर्छन् ताकि अस्लानमा पोख्त नभएका बहिरा व्यक्तिहरूको पहुँच सुनिश्चित गर्न सकियोस्।

बहिरा व्यक्तिलाई बहिरा दोभाषे (Deaf Interpreter) को आवश्यकता पर्न सक्छ यदि उनीहरू:

  • इन्द्रिय वा संज्ञानात्मक अशक्तता छन्
  • हालसालै अष्ट्रेलियामा बसाइँ सरेका छन् र अस्लान बाहेक अन्य भाषामा संकेत गर्छन्
  • सामान्य अस्लान सीपहरू सीमित छन्।
NAATI द्वारा मूल्याङ्कन गरिएका कार्यहरू
  • संवादहरूको अनुवाद (क्रमिक र समानान्तर मौखिक अनुवाद)
  • लिखित अंग्रेजीबाट अस्लानमा र लिखित अंग्रेजीबाट गैर-परम्परागत सांकेतिक भाषामा कागजातहरूको दृश्यात्मक अनुवाद (Sight translation)

मान्यता प्राप्त अभ्यासकर्ता अनुवादकहरू (Recognised Practising Translators) (अस्लानबाट अङ्ग्रेजीमा) उनीहरूले अङ्ग्रेजी स्रोतका कागजातहरू वा भिडियोहरूलाई अस्लान (Auslan) मा अनुवाद गर्छन्। उनीहरूले NAATI लाई आफ्नो सीप परीक्षण गराएका हुदैनन् तर न्यूनतम प्रशिक्षण आवश्यकताहरू पूरा गरेका हुन्छन् र दोभाषेको वर्तमान अनुभव हुन्छ।

NAATI को वेबसाइटमा प्रमाणीकरण प्रणाली बारेमा थप जानकारी लिनुहोस्।

Was this page helpful?(Required)

Your feedback helps us improve this page. NAATI uses this feedback to improve our website.

If you need a reply, please use our Contact us form.

This site is registered on wpml.org as a development site. Switch to a production site key to remove this banner.