भाषा छनौट गर्नुहोस्

यो वेबसाइटलाई तपाईंले रोज्नुभएको भाषामा देख्न सक्नुहुन्छ।

बारम्बार सोधिने प्रश्नहरू

फिल्टर गर्नुहोस्


बारम्बार सोधिने प्रश्नहरू


यस भाषाको सूचीमा केवल ती भाषाहरू मात्र देखाइन्छन् जहाँ कम्तीमा एक जना NAATI-प्रमाणित पेशाकर्मीले यस निर्देशिकामा आफ्नो नाम समावेश गर्न सहमति दिन्छन्।

यदि तपाईंले आफ्नो भाषा फेला पार्न सक्नुभएन भने, यो निम्न कारणले गर्दा हुन सक्छ:

  • त्यो भाषामा हाल कुनै पनि पेशाकर्मीहरू उपलब्ध छैनन्, वा
  • त्यस भाषाका पेशाकर्मीहरूले यस निर्देशिकामा आफ्नो विवरणहरू देखाउन चाहेनन्।

पेशाकर्मीहरूले इच्छा व्यक्त गर्ने बित्तिकै हामीले नियमित रूपमा निर्देशिका अद्यावधिक गर्छौं।

यस निर्देशिकामा रहेका भाषाहरू सामान्यतया ISO 639-3 भाषा मापदण्डहरू प्रयोग गरेर सूचीबद्ध गरिन्छन्। यसको अर्थ केही भाषाहरू फरक, तर सम्बन्धित, नाम अन्तर्गत देखा पर्न सक्छन्।

उदाहरणका लागि, Kiswahili को सट्टा Swahili सूचीबद्ध हुन सक्छ।

यदि तपाईंले आफ्नो भाषा फेला पार्न सकिरहनुभएको छैन भने, निम्न प्रयोग गरेर खोज्ने प्रयास गर्नुहोस्:

  • भाषाको नामको फराकिलो दायरा
  • वैकल्पिक अक्षर

यदि तपाईं अझै पनि अनिश्चित हुनुहुन्छ भने: प्रमाणित दोभाषे वा अनुवादकहरू उपलब्ध नभएको खण्डमा के गर्ने भन्ने हाम्रो निर्देशिका हेर्नुहोस् वा मद्दतको लागि हामीलाई सम्पर्क गर्नुहोस्

‘प्रमाणित, तर म्याद सकिएको’ भन्नाले पेशाकर्मीहरुलाई पहिले NAATI द्वारा प्रमाणित गरिएको थियो, तर उनीहरूको प्रमाणीकरण हाल निष्क्रिय छ। NAATI प्रमाणपत्रहरू पुन: प्रमाणीकरण भनिने प्रक्रिया मार्फत प्रत्येक तीन वर्षमा नवीकरण गर्नुपर्छ। यदि उनीहरू पुन: प्रमाणित भएनन् भने, उनीहरूको म्याद समाप्त हुन्छ। NAATI ले म्याद सकिएको प्रमाणपत्र भएका पेशाकर्मीहरुले हालको व्यावसायिक मापदण्डहरू पूरा गर्छन् भन्ने पुष्टि गर्न सक्दैन।

लिखित अनुवादहरूको लागि: यदि NAATI-प्रमाणित अनुवादकले प्रमाणीकरण सक्रिय हुँदा लिखित अनुवाद पूरा गरेको खण्डमा भने, यो अनिश्चित कालसम्म मान्य रहन्छ।

लिखित अनुवादहरूको म्याद सकिने भन्ने हुँदैन। एक पटक NAATI-प्रमाणित अनुवादकद्वारा कागजात अनुवाद गरिसकेपछि, यो अनिश्चित कालसम्म मान्य रहन्छ। यद्यपि, सरकारी निकायहरू जस्ता केही संस्थाहरूले हालसालैको अनुवाद वा सामग्रीमा कुनै पनि परिवर्तन भएको छैन भनेर पुष्टि गर्नको लागि अनुरोध गर्न सक्छन्, त्यसैले सधैं उनीहरूको विशेष आवश्यकताहरू जाँच गर्नु उत्तम हुन्छ।

पेशाकर्मीहरुको प्रोफाइलहरूमा केही जानकारी ऐच्छिक र आफैँ भर्नुपर्ने हुन्छ। NAATI ले पेशाकर्मीहरुलाई योग्यता, सेवा वा विशेषज्ञताका क्षेत्रहरू जस्ता विवरणहरू साझा गर्ने कि नगर्ने भनेर छनौट गर्न अनुमति दिन्छ। यस कारणले गर्दा, जानकारी NAATI द्वारा प्रमाणित गरिएको हुँदैन।

यदि कुनै अनुवादका क्षेत्र देखिदैन भने, यसको अर्थ पेशाकर्मीहरुले त्यो क्षेत्र साझा नगर्ने छनौट गरेका हुन्। यसको अर्थ उनीहरूमा त्यो क्षेत्र सम्बन्धी प्रशिक्षण वा विशेषज्ञताको कमी छ भन्ने होइन।

यो उपकरणले तपाईंलाई अनुवादक वा दोभाषे हालसालै NAATI द्वारा प्रमाणित छन्/ छैनन् भन्ने कुरा पत्ता लगाउन र उनीहरूको प्रमाणीकरण विवरणहरू हेर्न सहयोग गर्छ।

यसले तपाईंले संलग्न गराउने योजना बनाउनुभएको पेशाकर्मीहरु योग्य, प्रमाणित र व्यावसायिक सेवाहरू प्रदान गर्न सक्षम छन् /छैनन् पुष्टि गर्छ। वा तपाईंले प्राप्त गर्नुभएको लिखित अनुवाद NAATI-प्रमाणित अनुवादकद्वारा गरिएको हो/होइन पत्ता लगाउन सहयोग गर्छ।

यदि NAATI-प्रमाणित पेशाकर्मीहरू उपलब्ध नभएको खण्डमा, भाषा र परिस्थिति अनुसार अन्य विकल्पहरू उपलब्ध हुन सक्छन्।

व्यावहारिक मार्गदर्शन र अर्को चरणहरूका लागि "NAATI-प्रमाणित दोभाषे वा अनुवादकहरू उपलब्ध नभएको खण्डमा के गर्ने" भन्ने हाम्रो लेख पढ्नुहोस्।

यो तपाईंको आवश्यकतामा निर्भर गर्दछ। थप मार्गदर्शनको लागि हाम्रो लेख "व्यक्ति वा भाषा सेवा प्रदायक कुन रोज्ने" पढ्नुहोस्।

क्षेत्र विशेषज्ञता भन्नाले कानुनी, चिकित्सा, स्वास्थ्य, शिक्षा वा सामुदायिक सेवाहरू जस्ता विशिष्ट विषयका क्षेत्रमा पेशाकर्मीको ज्ञान र अनुभवलाई जनाउँछ।

उपयुक्त क्षेत्र विशेषज्ञता भएका पेशाकर्मी छनौट गर्नाले लिखित वा मौखिक अनुवाद सही, उपयुक्त र उद्देश्य अनुरुप छ भनी सुनिश्चित गर्न मद्दत गर्दछ। NAATI अनलाइन निर्देशिकामा क्षेत्र विशेषज्ञता सूचीबद्ध गर्ने/नगर्ने पेशाकर्मीहरुको इच्छाको कुरो हो र यो अनिवार्य छैन, र यो NAATI द्वारा प्रमाणित गरिएको हुँदैन। यदि कुनै पेशाकर्मीले क्षेत्र विशेषज्ञता सूचीबद्ध गरेका छैन भने, यसको मतलब उनीहरू त्यो क्षेत्रमा कम अनुभवी छन भन्ने होइन।

केही संस्कृतिहरूमा, व्यक्तहरुले महिला वा पुरुष दोभाषेसँग मात्र कुरा गर्न सहज महसुस गर्न सक्छन्। उदाहरणका लागि, एक महिलाले संवेदनशील स्वास्थ्य वा कानुनी मामिलाहरूको लागि महिला दोभाषेलाई प्राथमिकता दिन सक्छिन्। यो विकल्प प्रदान गर्नाले ग्राहकहरूलाई सुरक्षित र सम्मानित महसुस गर्न मद्दत गर्दछ, र सही सञ्चार भएको सुनिश्चित गर्दछ।

अनलाइन निर्देशिका (डाइरेक्टरी) मा लैङ्गिक कुरा देखाउनु ऐच्छिक हो र यो पेशाकर्मीको नितान्त व्यक्तिगत कुरा हो।

NAATI सँग NAATI प्रमाणीकरण प्राप्त अनुवादक र दोभाषेहरूको सार्वजनिक अनलाइन निर्देशिका छ। कुनै पनि समुदायले काम गर्दा प्रमाणित पेशाकर्मी खोज्ने मुख्य तरिकाहरू मध्ये यो एक हो।

निर्देशिका (डाइरेक्टरी) मा खोजीका क्रममा सबै भन्दा उच्चतम योग्यता भएकाहरु अगाडि देखिन्छन्, र त्यसपछि नामहरू देखा पर्दछन् जसलाई कुनै क्रम अनुसार मिलाईएको हुँदैन किनकी कुनै पनि पेशाकर्मीलाई विशेष प्राथमिकता दिँदैन।

अनुवादक र दोभाषेहरू निर्देशिका (डाइरेक्टरी) मा सूचीबद्ध हुनु उनीहरुको रोजाई हो। NAATI ले सूचीबद्ध नभएका पेशाकर्मीहरूको सम्पर्क विवरण साझा गर्दैन।

1-10 of 17 results
के यो पृष्ठ उपयोगी थियो?(भर्नुपर्ने)

तपाईंको प्रतिक्रियाले हामीलाई यो पृष्ठलाई सुधार गर्न मद्दत गर्दछ, NAATI ले हाम्रो वेबसाइट सुधार गर्न यो प्रतिक्रियाको प्रयोग गर्दछ।

यदि तपाईंलाई जवाफ चाहिन्छ भने, कृपया हाम्रो सम्पर्क फारम प्रयोग गर्नुहोस्।

This site is registered on wpml.org as a development site. Switch to a production site key to remove this banner.